Home ikkim news  Sikkim Nepali news Sikkim Culture Sikkim Sikkim people Sikkim news papers, Sikkim Tourism,Sikkim Tourism destination

Sikkim News : नेपाली समाचार -गान्तोक, सिक्किम- स्थापित सन् 1985,  वेब साइटः सन् 2003 देखि

सत्यको पर्दाफाश नै पत्रकारिताको धर्म

  HIMGIRI : Gangtok, -  सम्पादकः विजय बान्तवा

नेपाली संस्कृति-(तस्वीरहरू)

कमला आँसु- परिचय

कमला आँशुका कृतिहरू

अकादमी पुरस्कार विजेता

नेपाली कविताहरू -नयाँ

भारतीय नेपाली साहित्यकारहरू

   सुझाउ

 

भारतीय नेपाली साहित्यकारहरू

(तस्बीरहरू)

◙  भारतीय नेपाली साहित्यका एक प्रतिष्ठित नारी हस्ताक्षर, साहित्यकार

Biography -Kamala

 

◙   कमला आँसुका कृतिहरू

एक प्रतिष्ठित व्यक्तित्वः चन्द्रदास राई प्रचलित नाम सी.डी. राई

भित्री पृष्ठमा, क्लिक् गर्नोस्

सी.डी.राई

 

भारतीय नारी हस्ताक्षरहरूको केही परिचय

भित्री पृष्ठमा, क्लिक् गर्नोस्

डा. सुन्दास,डा.शान्ति छेत्री

विद्या सुब्बा र डा.थापा

 

-विजय बान्तवाका कविताहरू-----Click

 

नेपाली कविताहरू-

Click

   विवि

 
◙    नेपाली लेख विश्लेषण
◙   नेपाली-लेख

नेपाली-साहित्य पुरस्कार

नेपाली कविताहरू-

 ◙ स्मृति ग्रन्थ समीक्षा -नयाँ

Tourism destination
Tourism destination-1
 Biography -Kamala
 Lepcha people
Tyohar-Lall market
 Sikkim orchid-latest
Himalayan Orchids
 Sikkimese people
 The People & The  Land
  Sikkim Culture- photos
Feedback-Suggestion

 Analysis & Articles

More States in India
Darjeeling issue
Rajiv Gandhi on Gorkhas

Indian Gorkhas

kamala Ashu-works

   Other related links:

pib.nic.in -Govt. of India

sikkimipr.org-Sikkim Govt.
sikkim.gov.in-Sikkim Govt

 

Government Tender

New Click

 

 

गोर्खाल्याण्ड निर्माणको प्रस्ताव सिक्किम विधानसभामा पारित गरिनु

चामलिङको राजनीतिमा इमान्दारिता-गोर्खाहरूको लागि एउटा उदाहरण

विश्लेषण लेख पढ्नोस् -

नेपाली लेख

 

सिक्किममा विभिन्न दलहरूमाझ आरोप प्रत्यारोप

मन्त्री सुब्बा भर्सेस्  विधायक गोले, भण्डारी भर्सेस्  उप्रेती

विश्लेषण लेख पढ्नोस्-- नेपाली लेख -1

 

पढ्नोस्-

मिलाप-पत्रिकामा

 प्रकाशित अन्तर्वार्ता

To see the photos of

Bhanu Jayanti July 13, 2011, Click

Bhanu jayanti

Photo of

Nepali literary Figure

भारतीय नेपाली साहित्यकारहरू

Clck here

 -विजय बान्तवाका कविताहरू-----Click

साहित्यकार कमला आँसु

स्मृति ग्रन्थ समीक्षा -नयाँ

 

Designed, maintained and

edited by Bijaya Bantawa,

 Himgiri Prakashan, Tadong, Gangtok, Sikkim,bbantawa@gmail.com ,

bijayabantawa@hotmail.co

 

Photo of

Nepali literary Figure

भारतीय नेपाली साहित्यकारहरू

Clck here\

Biography -Kamala

 

 

-विजय बान्तवाका कविताहरू

Click

 

भारतीय नारी हस्ताक्षरहरूको केही परिचय

भित्री पृष्ठमा, क्लिक् गर्नोस्

डा. सुन्दास,डा.शान्ति छेत्री

विद्या सुब्बा र डा.थापा

 

-नेपाली कविताहरू-2

नयाँ नेपाली कविताहरू

-नेपाली कविता-3

 

 

नेपाली जातिको महान पर्व बडा दँशैको सबैमा शुभेच्छा

 

गान्तोक शहर, एमजी मार्गको दृश्य

 

दँशै, रमाइलो सांस्कृतिक पर्व

 

-विजय बान्तवा

  मानव जातिले विश्वमा आ-आफ्नै विभिन्न धर्म र संस्कृति एवं परम्परा पालन गर्दै आइरहेको सभ्यताको इतिाहसमा पाइन्छ।अज्ञानताले गर्दा, यी विभिन्नताले गर्दा आपसमा एकार्कामा भेदभावको पर्खाल लगाउँछन्‌ तर मानिस सृष्टिमा एकै प्राणी हुन्‌ भन्ने कुरा आज विवेकशील र मानव जातिले बुझ्नु आवश्यक छ। के दशैं, के लोसुङ, के मरहम, के क्रिष्टमश, यी सबै मानव-जातिले आफ्नो आफ्नो तह र व्यवहारमा एकार्कामा सदभावना र प्रेम बाड़ेर पालन गर्ने पर्वहरू वा विशेष अवसरहरू हुन्‌। तर विवेकहीनको कारण सृष्टिकर्ताले गरेको सृष्टिमाथि नै मानिस निन्दा, आलोचना र उपहास गर्नु हुँदैन।यसले त झन्‌ स्थापित भएको सदभावनालाई अझ आघात पार्ने काम मात्र गर्दछ्‌, जुन विवेकशील मानिसका निम्ति गलत्‌ धारणा हो भन्ने बुझ्नु पर्ने हुन्छ।विश्वभरिका  सम्प्रदायले जे नै भए पनि आ-आफ्ना पर्व एवं उत्सवहरू मनाउने परम्परा विश्वका विभिन्न भागमा रहिआएकै छ।

यसरी नै नेपाली जातिको महान्‌ चॉंड़ दँशैले सॉंच्चै आफ्नो छुट्टै ठूलो महत्त्व बोकेर अहिलेसम्म आइरहेको छ।

दँशै पर्व त प्रेम, श्रद्धा, सद्भावना र मानव हृदयको पवित्र अभिव्यक्तिको रमाइलो विषय हो,कट्टरतादेखि माथि धार्मिक सहिष्णुता अनि मानवको उद्गार एवं खुशीयालीको महा सरिता, महासागर हो, जसमा डुबुल्की लगाउँदा आनन्दको केवल आनन्दको अनुभूति हुँदछ। जुनै जाति आ-आफ्नो पर्वमा रमाए,झुमे पनि विश्वमा मानव रमाएको र शान्तिको अनुभव गरेको कुरो सॉंच्चै एकै र मीठो अनुभति हुन्छ। पर्वहरू मनाउने तरिका र तिथिहरू विभिन्न हुनसक्दछन्‌, तर यसमा समानताको धरातल र आधार एउटै हुन्छ, पारिवारिक मिलन, आपस्तमा भेटघाट तथा आफ्नो मनलाई धोएर, आत्मालाई पवित्र बनाएर वर्षदिनसम्म धेरै दु:ख, कष्ट गरेपछि भावनात्मक सॉंग्लोमा बॉंधिएर एकार्कामा हॉंस्नु, खुशी हुनु सक्नु । वास्तवमा नै पर्वको अर्थ यहीं हुन्छ।

यसरी नै परम्परादेखि मान्दै आएको नेपाली दँशैमा पनि एउटा अत्यन्त सबल पक्ष के छ भने यो विशेष दिनमा छेउछाउ र टाड़ाबाट आफन्तहरू आएर एकार्कामा भेटघाट गरी श्रद्धा र सद्भावना एकार्कामा बॉंड़नु ठूलो अवसर लिन्छन्‌ र एकार्कामा खुशी हुन्छन्‌, आफूभन्दा ठूलोलाई ढोग गर्छन्‌।अरू  बेला भेला भएर बस्न नसके पनि एक दिन भए पनि सँगै मिलेर बस्छन्‌, मीठो, मीठो व्यञ्जनहरू पकाएर खान्छन्‌। निधारमा अछेता टॉंसेर ठूलाहरूले स-सानाहरूलाई आशीर्वाद दिन्छन्‌।शुभेच्छा चढ़ाउँछन्‌। यसो गर्दा हाम्रो अन्तर हृदयमा, मस्तिष्कको चेतनापटमा असल विचारहरू एकार्कामा उत्पन्न हुँदछ।भनिन्छ: च्यारिटी बिगिन्स्‌ एट्‌ होम। राम्रो कुराको शुरुवात्‌ घरबाट नै शुरु हुन्छ। घर परिवारबाट नै असल कुराको सृजना भएर समाज, गाउँ र राष्ट्रलाई समेत केही योगदान दिने क्षमता प्रतिभाशाली व्यतिहरूको हुँदछ। दँशै पर्वले यहीं सन्देश दिन्छ कि मानिसले एकार्कामा सधैँ प्रेम र सद्भावना बनाएर राख्नु पर्नेछ।नेपाली जातिले मनाउने दँशै यस्तै चाड़ हो।दँशैमा नयॉं - नयॉं लुगा लगाउने परम्परा छ भने दाज्यू भाइहरू आपस्तमा भेट गरी सद्भावना कायम राख्ने, छोरी चेली एवं कुटुम्बहरू पनि ससुराली गई आफन्तहरूसँग भेटी ढोग भेट गरी आशीर्वाद लिने तथा आउने दिनहरूमा अझ नयॉं प्रेरणा र दिशाबोध गरी जीवनमा सबैको आशीर्वाद र शुभेच्छा एवं सहयोगिता लिएर अघि बढ़ने कटिवद्धता एवं प्रण लिने पनि अवसर हो यो दँशै।

हिन्दु धर्मावलम्बीहरूले आफ्नो पिता पूर्खाको सोह्र श्राद्ध सम्पन्न गरेपछि वा पिता-पूर्खालाई सम्झेर पूजा अर्चना गरिसकेपछि शुरू हुन्छ महालय।यसमा मॉं दुर्गादेवीलाई नौ रुपमा प्रस्तुत गरी पूजा गरिन्छ।यसैले नव-रात्री पनि यस नौं रुपमा भनेर गनिन्छ। पहिलो दिन घटा स्थापना गरेर शैलपुत्रीको रुपमा प्रकट भएको भनी माता दुर्गालाई पूजिन्छ, त्यस्तै प्रकारले ब्रह्मचारिणी, चन्द्रघन्टा, कुमाण्डा देवी, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी र अन्तमा सिद्धिधातृ देवी वा पूर्णरुप मानेर पूजा गरिन्छ, साथै यसै बीचमा मातालाई डोलीमा चढाएर शोभा-यात्री सांस्कृतिक झलकको साथमा शहर, गाउँको मूलबाटोहरू भएर प्रदर्शन गरिइन्छ।

भारतको विभिन्न राज्यहरू जस्तो सानो हिमाली राज्य सिक्किम, दार्जीलिङ, कालेबुङ, खरसाङ, डुवर्स, असम, मणिपूर, नागाल्याण्ड, मेघालय, देहरादुन, भाक्सु, दिल्ली, कलकत्ता जहॉं जहॉं भारतीय नेपाली वा गोर्खा जाति छन्, उनीहरूले सप्तमीको दिन वा फुलपातीको दिन खूबै सांस्कृतिक शोभा-यात्राको साथ दशैंलाई स्वागत गर्छन्‌।हिन्दु धर्ममा दशैंलाई धार्मिक कार्यक्रमसित जोडिएको भए तापनि नेपाली समुदायभित्र पर्ने अन्य जाति राई, लिम्बू, तामाङ,नेवार, गुरुङ,मगर आदिले पनि आफ्नै कुलपित्र, साम्खा, पूजा गर्ने स्थलमा पूजा गरेर यो सांस्कृतिक पर्वलाई खूबै उत्साहसित पालन गर्दछन्‌, जुन नेपाली जातीय एकताको प्रतीक पनि मानिन्छ।नेपाल राष्ट्र लगायत विश्वभरि नै रहेका नेपाली जातिले यो पर्व मनाउँछन्‌, कारण यो दशैं दुर्गा पूजा वा धार्मिक अनुष्ठानसित मात्र गॉंसिएको छैन, यहॉं त परापूर्वदेखि चलाउँदै आएको सबैभन्दा ठूलो पारिवारिक मिलनको पनि महत्वपूर्ण कुरो र सामुहिकरुपमा मनाइने संस्कृतिको कुरो आउँदछ। गरीबहरू होस्‌ वा धनी होस्‌, नेपाली समाजमा दँशैले जे नै भए पनि खुशीयालीको सन्देश लिएर आएकै हुन्छ।ती मानिसहरू भाग्यशाली हुन्‌ जसले आफ्नो जीवनकालमा सपरिवार वृद्ध आमा बाबु तथा बाजेबोज्यूको हातबाट टिका लगाएर आशीर्वाद ग्रहण गरेका हुन्छन्‌।ती मानिस पनि सायद भाग्यशाली नै हुन्‌ जसले दुवै आमाबाबुको हातबाट टिका थाप्नु नपाए पनि कमसेकम ठूलाहरूको हातबाट निधारमा टिका थाप्नु पाउँछन्‌।

टिकाको सामाजिक, सांस्कृति साथै धार्मिक महत्त्व पनि उतिक्कै छ। निधारको बीच दुवै आँखी भौंको माझ भृकुटी मण्डलमा चेतना वा आमाको बास भएको मानिन्छ।योग,ध्यान, सुमीरणद्वारा यसलाई चेतनशील बनाउन वा सक्रीय बनाउन सकिन्छ भन्ने धारणा छ।यो टिका लगाउनुको अर्थ हो, यो भृकुटी मण्डलमा ध्यान पुगोस्‌ र चेतनशील रहेर जगतमा असल कार्य गर्न सकियोस्‌। यहीं स्थानमा अन्न वा चामलको अछेता ( अक्षता) टॉंसेर बाजे, बोज्यू, आमा, बाबूहरूले असल कामना गरी आशीर्वाद दिन्छन्‌। यो भृकुटी मण्डलको द्वार वा ढोका खोलियोस्‌, बुद्धि वा चेतनाको बन्द ढोका खोलियोस्‌ र मानिसमा असल विचार र योजनाहरूले बास गरोस्‌ र उ चेतनशील रहेर समाजमा असल कार्य गर्ने होस्‌, आउने दिनहरूमा आफ्नो जीवनमा असल कर्महरू गर्न सक्ने होस्‌ भन्ने मूल ध्येय नै यो स्थानमा टिका लगाउनुको उद्देश्य हुन्छ। टिका लगाउँदा यसर्थ आशीर्वादका शब्दहरू एवं वाक्यहरू भन्दै यहीं ठाऊँमा टिका टॉंस्नुपर्छ। निधार नै ढाकेर टिका लगाउनु पर्छ भन्ने चाहिँ होइन, विशेष यो केन्द्रबिन्दूमा ध्यान दिएर टिका लगाइएको असल हुन्छ भनिन्छ। अन्य गैर-नेपाली हिन्दु धर्मावलम्बीहरूले यो नेपाली सांस्कृतिक पर्व दुर्गा पूजा गरेपछि गरेको चामलको अक्षता वा अछेताको  टिका लगाउने कार्यक्रम र आशीर्वाद दिने छैन, यसैले दशैं धार्मिकभन्दा सांस्कृतिक एकता र परिवार मिलनको अलग्गै पाटो हो।परम्परा अनुसार आफ्ना आमा- बाबु, बड़ा-बड़ी,काका-काकी, मामा-माइज्यू, बाजेबोज्यू एवं ठूल्ठालूहरूबाट यसरी टिका लगाउनु र शुभेच्छा पाउनु वर्षभरिमा एकैपल्ट मात्र हो।अरू बेला पाइएको आशीर्वाद र ढोग भेटको यति महत्त्व हुँदैन भनिन्छ, यसै कारण टाड़ा टाड़ाबाट पनि जतिसक्दोे  दँशैमा भेटेर निधारमा टिका थापिन्छ अनि आशीष ग्रहण गरिन्छ।आयू लामो होस्‌, रोग कष्ट नलागोस्‌, चिताएको कुरा ईश्वरले सदा पुरा गरिदियोस्‌, शान्ति होस्‌, सफलता होस्‌ भन्ने कामना गरिनु महानताको परिचय पनि हो भने यति महत्वपूर्ण आशीष पाउनु परिवारको निम्ति ठूलो क्षण अनि अवसर पनि हो।कुनै पनि व्यक्तिको सफलताको निम्ति आफन्त, ठूला-ठालूहरूको आशीष, सहयोगिताको सॉंच्चै नै आवश्यक हुँदछ।सहयोग नपाइएको, आशीष नपाइएको अभिशापित जीवन सधैँ नै सफलताको समक्ष पुगेर पनि असफल हुनु पर्दछ, जबकि असफल भएको जीवनलाई पनि आशीष पाएर, सहयोग पाएर तथा प्रेरणा ग्रहण गरेर फेरि सफल बनाउन सकिन्छ।दँशैले यहीं महत्त्वपूर्ण अवसर मानिसलाई प्रदान गरेको हुन्छ। सामाजिक रुपले पनि गाउँघर र आफन्तमाझ मनमुटाउ भए यसबेलाको अवसर लिएर ठूलाहरूले स-सानाहरूलाई आफ्नो गर निम्तो गर्नुपर्छ, वा निम्तो नगरे पनि आफै जाने गर्नुपर्छ, यसले सम्बन्धमा नयॉं अध्याय ल्याउँदछ।दँशैमा आशीर्वाद दिंदा धेरै पढ़ेको, शास्त्र नै जानेको हुनुपर्छ भन्ने पनि छैन, मनको शुद्ध अभिव्यक्तिबाट आशीर्वाद दिइए भने निश्चय सो आशीर्वाद पुग्दछ पनि भन्ने मान्यता छ।किनभने आशीर्वादको साथमा सद्भावना, सहयोगिताको भावना पनि सँगै हुन्छ। यहीं सुनौलो अवसर पनि हो, जतिबेला कतिपय कारणले आपसमा भुल बुझाबुझ भएको छ भने पनि योगायोग गरी वा साक्षाकार गरी चित्त माझामाझ गरी फेरि नयॉं जीवनको सूत्रपात गर्ने तथा भविष्यका नयॉं योजनाहरू शुरु गर्ने।कुनै पनि मानिसको जीवनमा यो क्षण अति नै महत्वपूर्ण हुन्छ, जब आपस्तको ईर्ष्या, द्वेष, राग मेटाएर आपस्तमा भेटघाट गरी प्रेम र सद्भावनाको विकास गर्ने तथा जीवनको यात्रामा अघि बढ़ने।दँशैले दिएको सो अवसरलाई संकीर्णता वा कुनै पनि कारणवश मेट्‌नु दिनु भएन। आफ्नो कुलको पूजा गर्ने, आफ्नो आस्थालाई कायम गर्ने अधिकार त धर्मनिरपेक्ष देशको संविधानले दिएकै छ भने नेपाली समाजमा परम्परादेखि चलिआएको वा सबैले मानिलिएर आएको दँशैलाई यहीं महान अर्थहरूमा मानिलिनुमा हाम्रै समाजको ठूलो हित छ।दँशै मान्नु नहुने वा जुठो परेको वा मरौं परेको परिवारले समेत भेट्‌घाट गरी सामाजिक अर्थमा फुको ढोग भेट गरी एकार्कामा सद्भावनाको विकास गर्न सक्छन्‌।भावना, सद्भावना भन्ने कुरो यस्तो हो जसमा दूरीमा रहेको कारणले तथा कैयन्‌ विसंगतिहरूले गर्दा कहिलेकाहीँ धमिलाउनु सक्दछ, आपस्तको सम्बन्ध पनि कतिपय विसंगति एवं जीवनको उकाली ओहोरालीमा ओझेलमा पर्नु जाने हुन्छ, टाढ़ाको रहेको खेत ठीक समयमा  हेरचाह नगरे चरो, मुसोले खाइदिनु सक्दछ, यस्तै टाडामा रहेको सम्बन्धमा भूल बुझाबुझ व्यर्थमा भइदिनु सक्दछ।  यसैले यो क्षण नै यति महत्त्वपूर्ण छ, जसलाई उपयोग गर्नु सक्नुपर्छ मानवले।जीवनभरि केवल आफूहरू आफ्नो मात्र हित हेर्ने गरे वा संकीर्ण मानसिकताको कारणले आफ्नै परम्परालाई धार्मिक दृष्टिकोण लगाई मेटाउने कार्य गरे यसको नतिजा समयमा आफैले भोग्नु पर्दछ। दँशै केवल दुर्गा माताको पूजा गर्ने धार्मिक अनुष्ठान मात्र होइन, न त कट्टरवादीहरूको मात्र पेवा हो, यसमा त धेरैको भावना र परम्परागत श्रद्धा पनि रहेको छ, सामाजिक महत्त्व पनि उतिक्कै रहेको छ।राईहरूको साकेवा पर्वको आफ्नै महत्त्व छ, भोटियाहरूको लोसुङको पनि आफ्नै महत्त्व छ, लेप्चाहरूको ल्हो-रम्‌- फाट्‌को पनि आफ्नै विशेषता छ भने नेपाली जातिको दँशैको पनि आफ्नै विशेषता यसैले यहॉंनेर छ।सधैँ मानेर ल्याएको परम्परा र सामाजिक पर्वमा विसंगति र नकारात्मक कुराहरू हाल्नु हुँदैन। होला, बाहुन छेत्री, नेवारले आफ्नै तरिकाले यो दँशै पालन गर्लान्‌, निधारमा सेता अक्षता टॉंसेर अनि साम्खा वा पिता-पूर्खाको पूजा स्थलमा गएर पारुहाङ, सुम्निमा, निनाम्माको पूजा गरेर राई लिम्बू वा मगरले भिन्दै तरिकाले गर्लान्‌, तर सबै मिलेर सांस्कृतिक पर्वको रुपमा यो दँशै मनाइएको जुन स्वाद छ, जुन परम्परा छ, जुन सामाजिक नाता र गौरव छ, जुन श्रद्धा र भावना लुकेर बसेको छ र पूर्खाहरूले मानेर ल्याएको रीत छ, सो गरिमामय रीत र परम्परालाई यसको महत्त्व र अर्थहरू नबुझी च्वाट्टै भुलिदिनु असल संकेत निश्चय होइन। दँशै पर्वलाई भेदभावको पर्खालमा उभ्याउनु असल होइन।पर्वहरूले भेदभाव ल्याउँदैन, ती त सामाजिक मान्यता हुन्‌ र अघि बढ़ने सफलता र प्रेरणाका खुड़किलाहरू हुन्‌। आफ्नै सफलताका खुड़किलो वा सिंड़ीहरू आफैले ढालेर माथि उक्लिनु सकिन्दैन। सफलताका सिंड़ी भनेको मानव-माझको एकार्काको सद्भावना र सहयोगिताहरू हुन्‌। यहीं सहयोगिता र सद्भावना नपाए पछि अथवा हिंड़ने सफलताका गोरेटोहरू मा नै एकार्कामा कॉंड़ा भएर उभिदिए पछि कसरी राष्ट्रीय, अन्तर-राष्ट्रीय स्तरको प्रतियोगितासम्म सबैको मार्ग र दिशा तय हुन्छ, बुझ्नु पर्ने कुरो छ। अब दँशै हिन्दुहरूको मात्र चॉंड़ हो भन्नु हो भने यो जातिले जस्तो जमरा उमारेर, चामलमा दहीं आदि मुछेर अरू हिन्दुहरू वा आर्य कहिलाइनेहरूले टिका लगाउँदैनन्‌, आशीर्वाद थादैनन्‌। वास्तवमा टिका थापेर अछेता लगाउनु पाउनु, ठूलाहरूबाट आशीष थाप्नु पाउनु जस्तो धनी संस्कृति र परम्परा यो जातिमा जस्तो अन्यमा छैन।कसैले अबीर अछेता, कसैले सेतो अछेता निधारमा टॉंस्दो होलान्‌, कसैले राता। कसैले संस्कृतमा, कसैले नेपालीमा आशीष दिंदो होलान्‌, कसैले आफ्नै जातीय भाषा बोल्दा हुने कसैले मासु खॉंदो होलान्‌, कसैले नखॉंदो होलान्‌, कसैले मासु पोलेर पनि खॉंदो हुन्‌, वा कसैले शाकाहारी तर मीठो मीठो भोजन बनाएर खॉंदो हुन्‌, कसैले आनन्दको लागि सीमित मात्रामा सोमरस पान गर्दो होलान्‌, कसैले रक्सी-पान गर्दो होलान्‌ तर रक्सी वा सोमरस पान बेस्सरी लिएर आफू र अरूलाई पिरोल्नु पनि दँशैको अर्थ त हुँदैन, भक्कू खानेकुरो खानु पनि यसको अर्थ हो। दँशैको अर्थ र महत्त्व अनि परम्परा भन्ने कुरो सबैको एकै हो, हृदयबाट उठेको भावनाको अभिव्यक्ति,पारिवारिक सद्भावना र मिलनको खुशी एकै हुन्‌।यस्तै परम्परा र भातृत्व प्रेम अनि सद्भावनालाई अरूले पनि पालन गरेका हुन्‌ सायद उनीहरूको दँशैमा।यो उज्यालो पक्षको अङ्गीकार गर्दा नोक्सान होइन, फाइदा नै हुँदछ।

दशैंलाई भुलेर वा लत्याएर आफ्नो परिचयलाई ढॉंट्‌ने व्यर्थ प्रयास नगरौंैं।वास्तवमा व्यवहार, संस्कार, सामाजिक मान्यता, धारणा, राष्ट्रीय परिचयले मानिस असल मानिस भएर बॉंचिरहेका बॉंचिरहेका हुन्छन्‌, अरूलाई परिचय दिइरहेका हुन्छन्‌।नेपाली समाजमा जनजातिको दर्जा पाएका साथीहरू पनि विशाल नेपाली समाज र समुहका एकै मानिसहरू हुन्‌, पछौटेवर्गमा परेका मानिसहरू पनि समाजकै  दाज्यू भाइहरू हुन्‌, जसरी पनि समाजको उन्नति भएको  होस्‌। दँशैले परिवारबाट यहीं एकताको सूत्रपात गर्छ।आधार तयार पारेको हुन्छ।दँशैका अनेक अर्थहरू छन्‌। टाड़ामा गएकी बुहारी भएर गएकी छोरीको निम्ति आमाबाबु र माइतीसँग मिलन हुने यो ठूलो अवसर हो, आफ्नो मनको व्यथा केही क्षणलाई बिसाउने समय हो।यसरी नै टाड़ामा रहेका आफन्तहरूको रमाइलो भेटघाट हो संस्कृति र संस्कार मास्नु थाल्यौं भने हामी विश्वमा एकदिन परिचयहीन हुनेछौं, अनुहार भएर पनि आमाहीन हुनेछौं। नाम भएर पनि अर्थहीन हुनेछौं।

नेपाली जाति सबैले दशैंको महत्त्वलाई अधिक बुझेर यसको सदुपयोग गर्नु पर्छ तर जात र धर्मको भेद् जस्तो माखेसाङलोमा नराम्रो गरी फँस्यौं भने हामी अपांग बन्नेछौं सबै कुराहरूबाट।समय परिवर्तन अनुसार कतिपय हाम्रा सामाजिक मान्यता र रीतिहरूमा अवश्य सुधार गर्दै अघि बढ़नु पर्छ, तर कुनै पनि पूर्वाग्रह र धारणामा आएर अचानक यसबाट अलग रहनु असल संकेत होइन।समय र विश्वको वर्तमान धारणा अनुसार हामीले आफ्नो संस्कृतिलाई पनि बँचाएर ग्लोबलाइजेसन वा वैश्वीकरणमा अघि बढ़ी प्रतिस्पर्धामा पनि उत्रिनु पर्ने हुन्छ।ज्ञानको खोज र उज्यालोको पक्षतिर हामी विवेकशील मानव सदैव लाग्नु पर्नेछ। बिजुली अरू जातिले बनाइदिएको हो भनेर हामीले दँशै  बहिष्कार गर्नु खोजे जस्तो बिजुली बहिष्कार गर्नु भएको छैन।पुरानो समयमा बाल्दै आएको टुकी बालेर अन्ध्यारो हटाउँछु भन्नु भएको छैन तर युगको माग अनुसार बिजुली नै बालेर टुकी बत्तीको परम्परालाई पूजा कोठामा दियो बालेर भए पनि आफ्नो संस्कृति त बँचाइराख्नु नै पर्छ। दशैं र यस्ता कतिपय संस्कारहरूमा  सुधार ल्याएर यसको उज्यालो पक्षलाई तथा ज्ञानको कुरालाई अनुसरण गर्नुमा हानि होइन, धेरै फाइदा नै फाइदा छ।बोनस वा वेतन ठीक नपाएर कति गरीब कर्मीले आफ्नो छोरा-छोरीलाई लुगा जुत्ता राम्रो किन्नु नसकेर भए पनि मनाएको दँशै होलान्‌, गरीब, खालिखुट्टेले पनि  दँशै कतै कतै राम्रो मनाउनु नपाएका कुरा होलान्‌ तथा आफन्तहरूको निधनले कति घरमा खल्लोपना र शून्यता पनि छाएकै होलान्‌, तर बेस्सरी मादक पदार्थ र ज्यादाभन्दा बेसी मांसाहार वा शाकाहार सेवन गरे विकृतिको रूपमा होइन, तर सुसंस्कृतिको रुपमा ज्ञानको प्रकाश बालेर पारिवारिक मिलनसम्म पनि गरेर एकक्षण भए पनि हॉंसी-खुशी रमाइलो गर्नु पाउनु र आफन्तमा सद्भावना बढ़ाएर लैजानुमा यो दँशैको निश्चय महत्त्व छ। अन्य वयस्क र युवा-युवतीहरूको निम्ति दशैं आफ्नै अनुभवमा आधारित होला, तर गाउँतिर विशेष गरी नानीहरू, किशोर किशोरीहरूको लागि दँशै गाउँमा रमाइलो र आनन्दले भरेको उज्यालो दिनहरू भएर नै आएको हुन्छ।उनीहरूले नयॉं लुगा लगाउनु पाए, दक्षिणा पाए, आशीष पाए, थरी थरी व्यञ्जन आफन्तहरू सबैतिर ग्रहण गर्नु पाउँछन्‌, तर त्यसभन्दा पनि रोटे पिङ्‌, लिङ्गै पिङ्‌कमा झुम्मिनु पाउँछन्‌, चारैतिर स्वतन्त्र घुम्नु पाउँछन्‌, त्यसैले दँशै उनीहरूको लागि स्वर्गीय आनन्दले नै भरेर आएको हुन्छ।

यसैले सचेतना र सद्भावनाले पालन गरेको रमाइलो पर्व दशैंमा एकता र संस्कृति जागरणको छ, आपसी सद्भावनामा मानव जीवनको असल मूल्य हुन्छ, ती मूल्यहरू चाहिँ यस्ता रमाइला सांस्कृतिक पर्वहरूबाट हुन्छ। समय अनुसार दशैंको रमाइलोपन घट्‌नु सक्छ, तर यसको महत्व घटेको कतापि छैन।यो सांस्कृतिक चाड़ले सबैको जीवनमा रमाइलोपनसितै नयॉं ज्ञान, जीवनको दिशा र प्रेरणा प्राप्त हुनुपर्छ।सर्वे भवन्तु सुखिनम्‌।

 सिक्किमको समाजमा गम्भीर समस्याहरू

विश्वमा कुनै पनि यस्तो समाज छैन, जहॉं कुनै नकारात्मक क्रियाकलाप हुँदैन र विविध सामाजिक समस्याहरू हुँदैन, तथापि सानो हिमाली राज्य सिक्किममा वर्तमान समयमा विविध सामाजिक समस्याहरू उत्पन्न भइरहेको पाइन्छ।

प्राय: नै ड्रगको सेवन गर्ने, यौन वृतिमा लिप्त हुने बलात्कारको घटना तथा मानव तस्कर त्यो पनि किशोरीहरूको बेसी अपहरण हुने आदि घटना विश्वभरि नै भइरहेको भए तापनि सानो हिमाली राज्य सिक्किमलाई यो समस्याले बितेको केही दशक अघिदेखि सताइरहेको छ।

हालैमा सिक्किमका चार नाबालिकहरूलाई मानव तस्करी गरेर लगेको, राम्रो तनखामा काम लगाइदिने प्रलोभन देखाएर सिलगढ़ीमा लगेर बेचेको अनि पछि पुलिसले अरूलाई बचाउनु जॉंदा उनीहरू पनि त्यहॉंबाट फुत्कनु सम्भव भएको कुरो यहॉंका मिडियाहरूमा आएको थियो।यसबारे यहॉंको सामाजिक संस्था, पुलिस र सरकारबाट अरू जानकारी नपाइए पनि सिक्किमको गाउँ बस्तीहरूबाट समय समयमा यसरी धेरै चेलीहरू लगेर बेचिएको तथा पुलिसले कति चेलीहरूलाई बचाएर ल्याउनु सक्षम भएको जानकारी पाइन्छ भने हराउनेहरूको सूची भने प्राय: प्रकाशमा आउने गरेको छैन।यसरी बलात्कारको काण्डको विरोध देशमा उग्ररुपमा भएको समय नै नाबालिक तथा किशोरीहरूको बलात्कार हुने घटना सिक्किममा पनि प्रकाशमा छ।

यसबारे सिक्किमका नारी संगठन तथा सामाजिक संगठन एवं राजनीतिक दलहरू पनि सचेत हुनु पर्ने तथा पुलिस र सरकारले पनि यथोचित कदम उठाउनुको साथै जन साधारणमा चेतना र सूचना प्रवाह गर्नु पर्ने तथा सतर्कताको पाइला अपनाउनु पर्ने हो।

अर्कोतिर ड्रग सेवन् गर्ने बाल बालिका, किशोर किशोरीहरूको संख्या पनि विश्वभरि दिनोदिन बढ़िरहेको छ।अचम्भको कुरो के छ भने ड्रग सेवन् गर्ने वर्ग र तरिकामा धनी र गरीब सबै एकै साथ मुछिएका छन्।रेल यात्राको समय प्लेट फार्म र रेलभित्र भिक्षा माग्नु आउने केटोले भिक्षा माग्दै आएको धेरैले देख्छन्। त्यस्ता चाङ्ग्ले लुगा लगाएका, गरीबभन्दा गरीब किशोर, खाना खानुको लागि हम्मे हम्मे परिरहेको हुन्छ भने त्यहीँ गरीब भिखारी किशोर एक कुनामा गएर गोजीबाट डेन्ड्राइट झिकेर हत्केलामा हाली मैला थाङ्नामा लगाएर सुक्ने गरेको देखिन्छ।यसरी मादक पदार्थ सेवन् गर्ने प्रक्रियाले त भिखारीलाई समेत छोएको छ।

यता सिक्किममा पनि विगतका दिनहरूदेखि धेरै चोटि लागु पदार्थ ओसार पसार गर्ने समूहलाई पक्रा गरेको समाचार क्रमश: आइरहेको छ।यति मात्र होइन, नशाचुर युवा युवतीहरूलाई पनि पक्रा गरिइने क्रम अझसम्म टुटेको छैन।कानूनमा कड़ा शास्तिको प्रावधान नभएकोले त्यसको दुरुपयोग गर्दै यस ड्रग बेचविखनमा लागेका मानिसहरू बार बार संलग्न भइरहने प्रक्रिया पनि जोखिमपूर्ण सामाजिक समस्या भइरहेको छ।

यी तमाम विषयहरूमा संगोष्ठी गरेर, तर्क वितर्क गरेर मात्र होइन आज मैदान वा स्थलमा गएर रणनीति पूर्ण तरिका वा योजनाबद्ध तरिकाहरूले समाधान गर्ने दिशामा अघि बढ्नु सिक्किमको लागि चुनौतीको विषय बनेको छ।यी सबै समस्याहरूमा गम्भीरतापूर्वक विभिन्न संघ संस्थाहरूले भूमिका निर्वाह गर्नु पर्ने समय आएको छ।कुनै पनि संस्थामा पदाधिकारी भएर आफ्नो स्वार्थ र राजनीतिक फाइदा उठाउनु मात्र संस्थाको लक्ष्य हुनु भएन, तर यस्ता सामाजिक विषयहरूमा गम्भीरतापूर्वक काम गर्नु पर्ने अति आवश्यक र समयको पुकार भएको छ।

              समीक्षा- साहित्यकार कमला आँसु ग्रन्थ-डा0 कविता लामा

 

 कमला आँसुसित मेरो पहिलो भेट साहित्यिक कार्यक्रममै भएको हो।दुई तीनचोटिको भेट पछि हामी निकै नजिक भयौँ,साथी सम्बोधन गर्थ्यौँ एकाअर्कालाई।उमेरले मभन्दा ठुली तर विचार, रुचि, मनले हामी एकै उमेरमा पुगेर कुराकानी गर्थ्यौं।गान्तोकमा आयोजित विभिन्न कार्यक्रममा मेरो उपस्थिति रहेको छ, सुन्नसाथ उनी र विजय बान्तवाज्यू व्यस्त रहँदारहँदै,समय निकालेर जहीँ र जहिले पनि भेट गर्न आउँथे। कारणवश भेट गर्न असमर्थ हुँदा उनी फोनमा माफी माग्थिन्।अति विनयशील, हँसिली, मिलनसार र मनकी धनी म उनलाई सॉंच्चै मन पराउँथेँ,आदार र सम्मान गर्थेँ।बीच बीचमा हामी दुईमाझ के लेख्दैछौँ, के  पढदैछौँ, यस्तै साहित्यसम्बन्धी के  के  कुरा फोनमा भइरहन्थ्यो।समयले फडको लिइरहेथ्यो, आ-आफ्ना व्यस्तताले यी समयहरू बीच म र कमला साथीमा त्यति सम्पर्क हुन सकेन।तर पत्रपत्रिकातिर उनलाई पढन पाइरहन्थेँ।यहाँ क्लिक गरेर पढ्नोस्-कमला स्मृति ग्रन्थ समीक्षा  

रहल पढ्नुलाई यहाँ क्लिक गर्नोस्

 

 

 

 

युवा-युवतीहरूमा छिट्टै विहे गर्ने होड

आजका किशोर किशोरीहरू टेलिभिजनको अघि घण्टौं बिताएर असल दर्शनको कुरा भन्दा बाहिरी आडम्बरी कुरा, जालसेज, अश्लीलता र वैवाहिक विषयको सस्तो गफहरूमा मक्ख पर्ने भएका छन्।त्यसरी उनीहरूलाई बाहिरी आकर्षणले छिटो खिचिरहेको छ।त्यसमा पनि जुन घरमा स्वयं अभिभावकहरू आफ्नो जिम्मेवारी तथा छोरा छोरीको असल शिक्षामा ध्यान दिनु नसक्ने प्रवृतिका छन् भने त्यो परिवारका छोरा-छोरीहरू निश्चय नै अधोपतनतिर अग्रसर हुन्छन्।आज टेलिभिजनबाट प्रचारित हुने अनेक प्रकारको धारावाहिकहरूले कलिलो उमेरका युवा युवतीहरूलाई सकारात्मकभन्दा पनि नकारात्मक प्रभाव पारेको पाइन्छ।यसमा पनि अर्कोतिर कम्युटर र इन्टरनेटको प्रभावले युवा युवतीहरूलाई एकार्कासित चिन्हारी गर्नु र सकारात्मक विषयमा वहस गर्नु र सूचना र ज्ञानको आदान प्रदान गर्नु भन्दा पनि अश्लील कुराहरूको च्याटिङ र इमेल गर्नु तथा नराम्रो साइटहरू खोलेर आफ्नो ज्ञानको दुरुपयोग गर्नु सजिलो भएको छ। कम्युटरको सदुपयोगभन्दा पनि दुरुपयोग गर्नु, नचाहिंदो भिडियो गेमहरू खेल्नु तर कम्युटरको उपयोग गरेर आफ्नो जीवनको लक्ष्यलाई अघि बढ़ाउनु भन्ने कुरो पनि युवा युवतीहरूले भुलेका छन्।फलस्वरुप अचेल युवायुवतीहरू अभिभावक र गुरुजनको आदेशहरूलाई अवमानना गर्ने प्रवृति भएका छन्।